काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज(विहीबार) भएको खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।
बिहीबार भएको क्वालिफायर–२ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ ।
कर्णालीका लागि विपिन शर्माले १६औँ ओभरमा निशम र मोहम्मद मोहसिनको विकेट लिएर खेलमा रोमाञ्चकता ल्याएका थिए । त्यसपछि लगत्तै १७औँ ओभरको पहिलो बलमा नन्दन यादवको बलमा विकेटकिपर चाडविक वाल्टनले मयन यादवको क्याच छाडेपछि खेलमा जनकपुर बनिरहेको थियो ।
यसअघि सुरुमै विकेट गुमाएको कर्णालीले लगातार अन्तरालमा विकेट गुमाएपछि फाइटिङ स्कोर बनाउन सकेन । अन्तिम ओभरमा कर्णालीका लागि युनिस ठकुरीले जेम्स निशमको बलिङमा ११ रन जोडेका थिए । कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए भने देव खनालले २४ रनको योगदान दिए । अन्य ब्याटरबाट राम्रो रन बन्न सकेन ।
सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । यो खेलमा हार बेहोरेसँगै जनकपुरले फाइनलमा भिड्न अर्को अवसर पाएको थियो ।
एनपीएलको सुरुवातमा खराब प्रदर्शन गरेको कर्णालीले उत्कृष्ट पुनरागमन गर्दै प्लेअफमा स्थान बनाएको थियो। क्वालिफायरमा पराजित भएसँगै कर्णालीले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
चौथो भएको चितवनले भने १५ लाख रुपैयाँ पाउनेछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया