logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • भारतममा ५७ नेपालीलाइ बन्धक, स्वदेश फर्काइयो

    1.1KShares
    भारतममा ५७ नेपालीलाइ बन्धक, स्वदेश फर्काइयो

    चौमाला (कैलाली) । भारतको उत्तराखण्डस्थित काशीपुर र रुद्रपुरमा बन्धक बनाइएका ५७ नेपालीलाई कञ्चनपुरको गड्डाचौकी नाका हुँदै स्वदेश फर्काइएको छ । बुधबार साँझ ५ बजे कञ्चनपुरको गड्डाचौकी नाका हुँदै उनीहरुलाई स्वदेश फर्काइएको हो ।

    नेपाली राजदूतावास, भारतीय प्रहरी र सामाजिक संस्था ‘किन इन्डियाका निर्देशक नवीन जोशीको समन्वयमा गत बिहीबार ३५ जना र आइतबार रुद्रपुरबाट २२ जनाको उद्धार गरिएको थियो । थप एक जना नेपाली भने आफैँ फर्किएका हुन् ।

    उनीहरुलाई झुटो रोजगारीको आश्वासनमा विभिन्न जिल्लाबाट भारत पुर्‍याइएको थियो । कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरेर उनीहरुलाई स्वदेश ल्याइएको हो ।

    गड्डाचौकी नाकामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय अधिकारीहरूको उपस्थिति रहेको थियो । जोशीका अनुसार उद्धार गरिएका नेपालीलाई महेन्द्रनगर पुर्याएर सम्बन्धित गन्तव्यतर्फ पठाएको बताउनुभयो ।

    यस क्रममा नेपालीलाई बन्धक बनाउने गिरोहका एक नेपाली र दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

    नाकामा पुगेका पीडित युवाहरूले निर्देशक जोशीप्रति कृतज्ञता व्यक्त गर्दै नाराबाजी गरेका थिए । यसअघि सोमबार परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले संसदमा भारतमा बन्धक बनाइएका ५७ नेपालीको सफल उद्धार गरिएको जानकारी दिनुभएको थियो ।



    फास्ट न्युज    
  • २०८२ असार १२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट