logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • सीता जयन्तीको अवसरमा मौलापुर नगरपालिकाद्धारा पुजापाठ सहित भजनकिर्तन

    859Shares
    सीता जयन्तीको अवसरमा मौलापुर नगरपालिकाद्धारा पुजापाठ सहित भजनकिर्तन

    रौतहट । रौतहटको मौलापुर नगरपालिकाले आज सीता जयन्ती भव्यरुपमा मनाएको छ । बिभिन्न कार्यक्रम गरी नगरपालिकाले सीता जयन्ती मनाएको हो ।

    सीता जयन्तीको अवसरमा नगरपालिकाले पुजापाठ, भजनकिर्तन सहित हर्सोउल्लासका साथ मनाएको छ । मन्दिरमा पुजापाठ गर्दै सीता, रामको भजनकिर्तनले मौलापुर गुञ्जयमान भएको छ ।

    सीता जयन्तीको अवसरमा बिभिन्न कार्यक्रम आयोजना गरेको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले लैंगिक विभेदको अन्त्य सहित नारीको सम्मान दिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    मेयर रिना साहको अध्यक्षमा भएको कार्यक्रममा स्थानीय, बुद्धिजिवि एवं सर्वसधारणको विशेष सहभागिता रहेको निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जनाएका छन् । मौलापुर नगरपालिकाले विगतमा पनि विभिन्न कार्यक्रम गरी सीता जयन्ती मनाउँदै आएको छ ।

    राष्ट्रिय विभुती समेत रहेकी सीताले नेपाललाई विश्वमै चिनाउने काम गरेको मेयर साहले जनाएकी छन् । सीता त्याग र संघर्षको प्रतिकको रुपमा रहेको बताउदै उनले सीताबाट अहिलेका महिलाले धेरै कुरा सिक्नुपर्ने बताईन् ।

    समाज, राष्ट्रका लागि योगदान गर्ने पुरुषहरुको समाजमा चर्चा हुने तर सोही स्तरमा योगदान गर्ने महिलाको चर्चा नहुनु दुःखद भएको उनले बताईन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार