logo

२०८२ फाल्गुन १० आईतवार

logo
  • २०८२ फाल्गुन १० आईतवार
  • दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध नेपालले बनायो १३३ रन

    883Shares
    दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध नेपालले बनायो १३३ रन

    काठमाडौं।आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेष्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको अर्धशतकिय साझेदारीमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो ।
    नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

    दीपेन्द्रले १९औं ओभरको चौथो बलमा शामर जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक पूरा गरेका थिए । यस क्रममा उनले ३ चौका र २ छक्का हाने ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट