logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी, तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त

    कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी, तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त

    442
    SHARES
    कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी, तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त

    मोरङ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका नव नियुक्त चार जना मन्त्रीले शपथ लिएका छन् । कांग्रेस कोसीका महामन्त्री समेत रहेका प्रदेश सभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस कोशी सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार बिहान शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ खुवाए । राई भौतिक पूर्वधार मन्त्री बनेका छन् भने सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् ।

    भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री तथा भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

    नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । कांग्रेसबाट ४ जना थप भएसँगै कोशी प्रदेशमा मन्त्रिपरिषदको सङ्ख्या १० पुगेको छ ।

    सोहीअनुसार देउवा र सिटौला समूहका मन्त्रीहरूले शुक्रबार विराटनगरमा शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मन्त्रीहरूलाई र मुख्यमन्त्री हिक्मत कार्कीले राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् । सोही मन्त्रालयमा झापाका सांसद भूमिप्रसाद राजवंशी राज्यमन्त्री नियुक्त भएका छन् । उनी पनि सिटौला समूहका सांसद हुन् । यसैगरी देउवा पक्षबाट सांसदहरू खगेनसिंह हाङ्गामले उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डलले पर्यटन, वन, वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन् । हाङ्गाम ताप्लेजुङका सांसद हुन् भने मण्डल सुनसरीका हुन् ।

    फास्ट न्युज
  • शुक्रबार, २८ भाद्र २०८१
  • सम्बन्धित समाचार