logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • कांग्रेसको कानुन विभागमा १० सदस्य मनोनित

    796Shares
    कांग्रेसको कानुन विभागमा १० सदस्य मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको कानून विभागको सदस्यमा विभिन्न १० सदस्य मनोनीत गरेका छन् ।

    सभापति देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम विभागमा शुक्रबार १० जनालाई सदस्यमा मनोनयन गरेका हुन् ।

    पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, विभागमा कञ्चनपुरका शिवराज पाण्डे, सुर्खेतका कमलबहादुर खत्री र ध्रुव श्रेष्ठ, कास्कीका दुर्गाबहादुर सुनार र दाङका दीपकराज गौतम विभाग सदस्य बनेका हुन् ।

    सदस्यमा मनोनित हुनेमा शिवराज पाण्डे, कञ्चनपुर, कलमबहादुर खत्री, सुर्खेत, दिपकराज गौतम, दाङ, ध्रुव श्रेष्ठ, सुर्खेत, दुर्गाबहादुर सुनार, कास्की, रामचन्द्र गौतम, रूकुम पश्चिम, खिल गिरी, धादिङ, मन्दिरा शर्मा, काभ्रेपलाञ्चोक, अनिलकुमार कर्ण, धनुषा र शोभा घिमिरे, संखुवासभा रहेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १४, शुक्रबार ११:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार