logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • धनुषामा मावलीघर गएका तीन बालकको पोखरीमा डुबेर ज्यान गयो

    838Shares
    धनुषामा मावलीघर गएका तीन बालकको पोखरीमा डुबेर ज्यान गयो

    धनुषा । धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर ज्यान गएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर हिजो बेलुकी उनीहरूको ज्यान गएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयो ।

    ज्यान गुमाउनेहरुमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन् । मावलीतर्फका हजुरबुवा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ ।

    मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको प्रहरीको भनाइ छ । बेलुकी झण्डै ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला ज्यान गएको हुनसक्ने आशङ्का गरिएको वडाध्यक्ष गङ्गा साहले जानकारी दिनुभयो ।

    तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार