logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

    823Shares
    भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

    ९ भदौ, काठमाडौं । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।

    ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र सोही कारण अनियन्त्रित भएर पल्टिएको विभिन्न भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
    पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।

    भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।

    सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट