logo

२०८३ आश्विन १६ शुक्रबार

logo
  • २०८३ आश्विन १६ शुक्रबार
  • मनाङको हिम्लुङ हिमालमा हिमपहिरो : चार जनाको मृत्यु, १० भन्दा बढी बेपत्ता भएको अनुमान

    826Shares
    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो : चार जनाको मृत्यु, १० भन्दा बढी बेपत्ता भएको अनुमान

    काठमाडौं । मनाङको हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य सोमबार बिहानैदेखि तीव्र पारिएको छ ।

    मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार मृतकमध्ये दुई जनाको शव काठमाडौं ल्याइएको छ भने अन्य दुई जनाको शव मनाङ सदरमुकाम ल्याइएको छ ।

    हिमपहिरोमा परेका भनिएका ११ जना सकुशल सदरमुकाम आइपुगेका छन् । तर, घटनापछि अझै १० जनाभन्दा बढी सम्पर्कविहीन रहेको अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।

    उद्धार टोलीलाई हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा परिचालन गरिएको छ । सोमबार अपराह्नसम्ममा खोजी तथा उद्धार कार्यबारे थप विवरण प्राप्त हुन सक्ने जनाइएको छ ।

    प्रमुख जिल्ला अधिकारी खनालका अनुसार सोमबार बिहान सदरमुकाममा ल्याइएका दुई जनाको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । अन्य दुई जनाको शव भने सदरमुकाममै राखिएको छ ।

    बेस क्याम्प निर्माण, डोरी टाँग्नेलगायतका कामका लागि हिम्लुङ हिमाल क्षेत्रमा पुगेका एक्सपोर्टेसन र हिमालयन होलिडेज कम्पनीका कामदार हिमपहिरोमा परेका हुन् ।



    फास्ट न्युज    
  • २०८३ आश्विन १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट