logo

२०८३ श्रावण १ शुक्रबार

logo
  • २०८३ श्रावण १ शुक्रबार
  • बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    787Shares
    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

    प्रदेश प्रमुख देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको हो ।यी दुवै विधेयक असार २० गते बसेको बागमती प्रदेशसभाको बैठकबाट पारित भएका थिए । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेट कार्यान्वयन तथा वित्तीय व्यवस्थापनको कानुनी बाटो खुलेको छ।

     



    फास्ट न्युज    
  • २०८३ असार ३२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट