काठमाडौं । प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दिपक भट्टलाई नियन्त्रणमा लिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बिहीबार काठमाडौंको गैरीधारा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले सञ्चारमाध्यमलाई जानकारी दिए । ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया