काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका छन् । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले नेतृत्वले विधान कार्यान्वयनमा ध्यान नदिएको भन्दै नेतृत्वको रक्षाका लागि काम गर्नेकी काँग्रेसको भविष्य रक्षा गर्ने अहिलेको प्रश्न रहेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेस एउटा राजनीतिक पार्टी मात्रै होइन, कांग्रेस देशका सबै वेथितिविरुद्धको एउटा अभियान हो । कांग्रेस महिला विभेदविरुद्धको अभियान थियो । कांग्रेस दलित विभेदविरुद्धको अभियान थियो । मधेसी, जनजाती, सिमान्तकृत विभेद विरुद्धको अभियान थियो । नेपालमा समानता, बहुलवाद, फरक विचारको कुरासमाजमा कांग्रेसले गरेको हो ।’
नेता पौडेलले आजको लोकतान्त्रिक व्यवस्थाको प्रारम्भिक चरणमै त्यसको वकालत गर्दै अधिकारका लागि लडेको इतिहास नेपाली कांग्रेससँग रहेको स्मरण गराए । तर सोही इतिहास बोकेको पार्टी आज कमजोर अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे ।उनले काँग्रेस पार्टी मात्र नभएर अभियान भएको बताउदै काँग्रेसको भविष्य अब कस्तो बनाउने भन्ने महाधिवेशन प्रतिनिधिको हातमा रहेको बताएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया