logo

२०८२ फाल्गुन २६ मंगलवार

logo
  • २०८२ फाल्गुन २६ मंगलवार
  • संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै

    739Shares
    संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै

    संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका छन् ।

    हालसम्मको मतगणनामा एमालेका कार्कीले १५ हजार २ सय ५२ मत ल्याएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का उम्मेदवार मिङ्मा शेर्पाले १४ हजार २ सय ६५ मतसहित पछ्याइरहेका छन् ।

    एमालेका कार्की र (रास्वपा) का शेर्पाबीच ९ सय ५४ मतान्तर छ । खाँदबारी नगरपालिका ८ र ४ को २ हजार ७ सय ८६ मत गणना हुन बाँकी छ ।

    एमालेका कार्की र रास्वपाका शेर्पाबीच सुरुदेखि नै कडा प्रतिस्पर्धा भइरहेको छ । त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १२ हजार ६ सय १४ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

    श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ९ हजार ६ सय ३० मतका साथ चौथो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले २ हजार ७ सय ७८३ मत ल्याएकी छन् ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६३ हजार ६ सय ३४ मत खसेको थियो । एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । निर्वाचनमा एक स्वतन्त्रसहित १६ जना उम्मेदवार थिए ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट