logo

२०८२ फाल्गुन २५ सोमबार

logo
  • २०८२ फाल्गुन २५ सोमबार
  • निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट विभिन्न ठाउँका लागि बाहिरिए ११,५८६ प्रहरी

    802Shares
    निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट विभिन्न ठाउँका लागि बाहिरिए ११,५८६ प्रहरी

    काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा निर्वाचनका लागि खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका हुन् । प्रहरीहरु हातहतियार र बन्दोबस्तीका सामानसहित जिम्मेवारीमा खटिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जनाए ।

    प्रहरी प्रधान कार्यालयस्थित एआईजी उमाप्रसाद चतुर्वेदी नेतृत्वको केन्द्रीय निर्वाचन सेलको समन्वयमा ती प्रहरी देशका विभिन्न भागमा खटिएका हुन् । उक्त सेलमा निर्वाचनका रणनीतिक विषयको अध्ययन गर्न एसएसपी दयानिधी ज्ञवालीलाई सुरक्षा तथा विश्लेषण महाशाखा प्रमुख तोकिएको छ भने परिचालन तथा नियन्त्रणको जिम्मेवारी अर्का एसएसपी सुवासचन्द्र बोहोराले पाएका छन् ।

    केन्द्रीय सेलले देशभरि परिचालित भएका जनशक्तिलाई प्रत्यक्ष नियन्त्रण र निर्देशन दिने छ । यद्यपि, सुरक्षा रणनीति भने जिल्लापिच्छे फरक हुने कारण सम्बन्धित प्रदेशका प्रहरी प्रमुख ९डीआईजी०ले नियन्त्रण र निर्देशन दिने छन् । ती डीआईजीलाई पनि प्रधान कार्यालयबाट तोकिएका एआईजीले सुपरीवेक्षण गर्ने व्यवस्था छ ।

    तोकिएका सबै एआईजी अहिले सम्बन्धित प्रदेशकै निर्वाचन सुरक्षामा व्यस्त रहेको प्रवक्ता काफ्लेले बताए । अहिले काठमाडौंमा उपत्यकाका १५ निर्वाचन क्षेत्रको सुरक्षा र उपत्यकास्थित प्रहरी कार्यालय सुरक्षाका लागि आवश्यक पर्ने जनशक्तिमात्रै तैनाथ छ । तीनै प्रहरी परिसर र बृत्तका कार्यालय प्रमुख साविककै जिम्मेवारीमा छन् ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट