logo

२०८२ फाल्गुन २५ सोमबार

logo
  • २०८२ फाल्गुन २५ सोमबार
  • रामेछाप दुर्घटनामा मतदानअधिकृतसहित दुई जनाको ज्यान गयो, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

    808Shares
    रामेछाप दुर्घटनामा मतदानअधिकृतसहित दुई जनाको ज्यान गयो, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

    मन्थली । रामेछाप नगरपालिका–२ सिरुबारीमा मतदान सामग्री र कर्मचारी लिएर गएको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा प्रहरी असई पर्शुराम यादवको घटनास्थलमै र मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारको क्रममा ज्यान गएको हो ।

    घिमिरेलाई रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो । उनी रामेछाप नगरपालिका-३ स्थित साँघुटारस्थित रुद्राक्षश्वर माध्यामिक विद्यालयका शिक्षक हुन् ।

    सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको थियो ।

    प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाइते ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट