logo

२०८२ फाल्गुन १० आईतवार

logo
  • २०८२ फाल्गुन १० आईतवार
  • भारतीय प्रधानमन्त्री मोदी चढेको विमान सडकमै अवतरण

    787Shares
    भारतीय प्रधानमन्त्री मोदी चढेको विमान सडकमै अवतरण

    काठमाण्डौ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान भारतको आसाममा सडकमै अवतरण भएको छ । आसाम राज्यको डिब्रुगढमा मोदी सवार भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान हिजो सडकमा नै अवतरण भएको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार यसलाई ‘ऐतिहासिक क्षण’ मानिएको छ ।

    भारतले पछिल्लो वर्ष जहाज नै अवतरण गर्न मिल्ने गरी सडक आयोजना विस्तार गर्दै आएको छ । यस्ता विशेष खालका राजमार्गमा विमान तथा अन्य लडाकु जहाज सहजै अवतरण र उडान गर्न सक्ने खालको हुन्छ । पूर्वोत्तर भारतमा हवाइजहाज उत्रिने सुविधासहितको राजमार्ग बनिसकेको छ ।

    भारतीय प्रधानमन्त्री मोदीले हिजो आसामको भ्रमण गर्नुभयो, जहाँ उहाँले आपतकालीन अवतरण सुविधासहितको मोरान बाइपास सडक अवलोकन र ब्रह्मपुत्र नदीमाथि कुमार भास्कर वर्मा पुलको उद्घाटन पनि गर्नुभएको छ ।

    मोदीले आफू जहाजबाट रनवेमा नभई हाईवेमा उत्रिएको बताउँदै यो नयाँ इतिहास बनेको उल्लेख गर्नुभएको छ । झन्डै एक सय करोड रुपैयाँ लागतमा निर्माण गरिएको इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ईएलएफ)युक्त सडक साढे चार किलोमिटर लामो छ ।

    इमरजेन्सी ल्यान्डिङ फेसिलिटी भनेको कुनै राज्य वा राष्ट्रिय राजमार्गमा बनाइने विशेष खालको एयरस्ट्रिप हो, जहाँ आपतकालीन अवस्थामा जहाज उडान÷अवतरण गर्न सक्छन् । यसका साथै खाद्यान्न आपूर्ति र विपद्का बेला सुविधायुक्त हुन्छ ।

    अरू बेला गाडी गुड्ने सडकमा र आवश्यक परे रन–वेको रुपमा प्रयोग गर्न सकिन्छ । आसामको मोरान बाइपासमा निर्माण गरिएको ईएलएफ एयरस्ट्रिप चीनको सिनामासँग नजिक रहेकाले पूर्वोत्तर क्षेत्रको सुरक्षालाई थप बलियो बनाउने अपेक्षा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले राजस्थान, उत्तर प्रदेश, तमिलनाडुलगायतका ठाउँमा पनि यस्ता विशेष खालका सडक निर्माण गरिसकेको छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट