logo

२०८२ फाल्गुन ३ आईतवार

logo
  • २०८२ फाल्गुन ३ आईतवार
  • दीपमालाले पहिरिन् ‘मिस नेपाल हङकङ २०२६’ को ताज

    832Shares
    दीपमालाले पहिरिन् ‘मिस नेपाल हङकङ २०२६’ को ताज

    काठमाडौं । मिस नेपाल हङकङ इन्टरनेसनल २०२६ को ताज दीपमाला खरेल ढकालले पहिरिएकी छन्। यो सँगै उनी पहिलो मिस नेपाल हङकङ इन्टरनेसनल बन्न पुगेकी छन्। हङकङमा बिहीबार भएको कार्यक्रम इटन होटलमा भएको थियो। मिस नेपाल द हिडन ट्रेजरसँगको सहकार्यमा भएको कार्यक्रमलाई हङकङ नेपाली महासंघ, एनआरएनए र फिनेले सहयोग गरेका थिए।

    क्राउन पार्टनर काजल नैना रहेको कार्यक्रममा मार्केटिङ पार्टनर ‘कोलाबको डट आईओ’ र ब्युटी पार्टनर ‘ग्ल्यामविददिपा’ रहेका थिए। ‘ग्रान्ड कोरोनेसन’ समारोहमा नाम दिइएको कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२४ की विजेता आश्माकुमारी केसीले ढकाललाई ताज पहिराइदिएकी थिइन्।

    प्रतियोगितामा गरिमा, विश्वसनीयता र निष्पक्षतालाई आधार मानिएको आयोजकले जनाएको छ। मिस नेपाल हङकङको ताज पहिरिएसँगै अब दीपमालाले २०२६ मा आयोजना हुने मिस नेपालमा प्रतिस्पर्धा गर्न पाउने छिन्।

    हङकङमै जन्मे हुर्केकी दीपमालाले हङकङ युनिभर्सिटीबाट ब्याचलर्स पूरा गरेकी छन्। फाइनान्ससम्बन्धी अध्ययन गरेकी उनी ब्ल्याक रकमा आबद्ध छिन्।

    दीपमाला २०२४ एचकेएसएआर डाइभर्सिटी लिस्ट अवार्ड विजेता, संयुक्त राष्ट्र मिलेनियम फेलो हुन्। ५ वटा भाषामा निपुण दीपमालाले तीन वटा त च्याम्पियनसिप उपाधि नै जितेकी छन्।

    राजा त्रिभुवनका पालाका एक मन्त्री रत्नप्रसाद खरेलकी नातिनी दीपमालामा नेपाली विषयवस्तु र समुदायप्रति चासो राख्ने दीपमाला पहिलो पुस्ताकी नेपाली हङकङेली हुन्।



    फास्ट न्युज    
  • २०८२ माघ २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट