logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो

    973Shares
    देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो

    काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशत अर्थात् दुई खर्ब ९९ अर्ब ८५ करोड रुपैयाँले बढी हो ।

    गत आवको ६ महिनामा सात खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जबकी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।गत पुस महिनामा मात्रै विप्रेषण आप्रवाह एक खर्ब ९२ अर्ब ६२ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा मात्रै एक खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

    यससँगै चालु आवको ६ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले वृद्धि भई सात अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो । गत आवको सोही अवधिमा पाँच अर्ब ५८ करोड अमेरिकी डलर रेमिट्यान्स रहेको थियो ।

    रेमिट्यान्स बढ्नुको मुख्य आधार वैदेशिक रोजगारी हो । सो अवधिसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९४ हजार ७३३ जना रहेको छ ।

    जबकी गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ३० हजार ४३९ र एक लाख ६२ हजार ६२८ जना रहेको थियो । यससँगै यस अवधिमा खुद ट्रान्सफर ११ खर्ब ६८ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय आठ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो ।



    फास्ट न्युज    
  • २०८२ माघ १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट