logo

२०८३ बैशाख २ बुधबार

logo
  • २०८३ बैशाख २ बुधबार
  • सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँ बढ्याे

    880Shares
    सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँ बढ्याे

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज एकै दिन सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेको जनाएको छ ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हो इतिहासकै उच्च मूल्य हो । बुधबार सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ माघ १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट