logo

२०८२ माघ १ बिहीबार

logo
  • २०८२ माघ १ बिहीबार
  • शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै

    817Shares
    शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै

    काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटना मृत्यु हुनेको संख्या पाँच पुगेको छ। २३ जना घाइतेको अहिलेसम्म उपचार भइराखेको छ भने पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।
    मृतक पाँच जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    दुर्घटनामा कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर भएर गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु र काठमाडौं जोरपाटी बस्ने ६० वर्षको अर्जुन लामिछानेको मृत्यु भएको हो । गएराति तीन जनाको मात्र पहिचान खुलेको थियो ।

    बुधबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

    घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल, टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट