logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • एमाले केन्द्रीय सदस्यमा विकले ल्याइन् १९ सय ६२ मत

    1.1KShares
    एमाले केन्द्रीय सदस्यमा विकले ल्याइन् १९ सय ६२ मत

    काठमाडौ । पूर्व राज्यमन्त्री विमला विकले नेकपा एमालेको हालै सम्पन्न ११ औ महाधिवेशनमा लोकप्रिय मतका साथ विजय हासिल गरेकी छन् । २२ सय ६३ मतदाता रहेको र खसेको २२ सय २७ मतमध्ये उनले १९ सय ६२ मत ल्याएकी हुन् ।

    बर्दियाकी विकले खुला केन्द्रीय सदस्य जितेकी हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सांसद भएकी उनी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएकी थिइन् । मन्त्री हुँदा पनि राम्रो भूमिका खेलेकी उनको प्रस्तुति संसदमा पनि प्रभावकारी रहेको थियो ।

    केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले जिम्मेवारी बढेको बताएकी छन् । उनले आगामी दिनमा पनि हिजोको जस्तै पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने र एमालेलाई एक नम्बरको पार्टी बनाउन सक्रिय रहने प्रतिबद्धता समेत जनाइन् ।



    फास्ट न्युज    
  • २०८२ पुष ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट