काठमाडौं । जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा हाल इलाम जिल्लाबाट उद्धार गरिएको कालो चितुवा (प्यान्थर) प्रदर्शनीका लागि राखिएको छ । सो पोथी चितुवा २०२५ सेप्टेम्बर महिनामा चिडियाखानामा ल्याइएको हो ।
पशु चिकित्सकको निगरानीमा उपचारमा रहेको चितुवा अहिले सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । कालो चितुवा कुनै छुट्टै प्रजाति होइन, बरु सामान्य चितुवामै हुने मेलानिज्म नामक आनुवंशिक परिवर्तनका कारण शरीरमा कालो रङको अत्यधिक मात्रा देखिने गर्छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया