काठमाडौं । नेपाली कांग्रेस निकट नेविसंघले राजनीतिक दलहरूको पुनर्संरचना गरी पार्टी, संसददेखि स्थानीय तहसम्म ४० प्रतिशत युवा सुनिश्चित हुनुपर्ने माग गरेको छ । जेन-जी आन्दोलनपछिको परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पालगायत नेताहरुले यस्तो माग गरेका हुन् ।
अध्यक्ष शेर्पाले जेन-जीले उठाएको मागलाई अब संस्थागत रूपमा उठाउने पनि बताए। फागुन २१ गते निर्वाचन तोकिएकाले निर्वाचनअघि नै नियमित महाधिवेशन गर्न पनि माग गरेको छ।
नेविसंघले पार्टी सभापति शेरबहादुर देउवामाथि कुटपिट गर्नेमाथि कारबाही गर्न पनि माग गरेको छ। पार्टी सभापति देउवा र पत्नी आरजु राणामाथि सुनियोजित रूपमा हमला गरेको भन्दै कारबाहीको माग गरिएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया