काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेर धम्क्याउने महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्जमा हैजा संक्रमण बारेमा खानेपानी मन्त्रीसँग फोनमा चर्को स्वरमा बोल्ने महिलालाई शनिबार पक्राउ गरिएको पर्सा प्रहरीले पुष्टि गरेको छ । वीरगन्जको मुर्लीबाट किरण साहलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता सुवास भट्टले पुष्टि गरे ।
उनका अनुसार खानेपानी मन्त्रीको सचिवालयले शनिबार प्रहरीमा उजुरी दिएको हो, सोही उजुरीको आधारमा पक्राउ गरिएको हो ।
साइबर अपराध अन्तर्गत उजुरी परेकोले आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको प्रवक्ता भट्ट बताउँछन् । साहसँग अहिले प्रहरी नियन्त्रणमा लिएर आवश्यक सोधपुछ चलिरहेको बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया