logo

२०८२ फाल्गुन २९ शुक्रबार

logo
  • २०८२ फाल्गुन २९ शुक्रबार
  • निर्वाचन आयोगले राप्रपासँग किन माग्यो जवाफ ?

    946Shares
    निर्वाचन आयोगले राप्रपासँग किन माग्यो जवाफ ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको विषयमा स्पष्ट पार्न निर्वाचन आयोगले पत्र लेखेको छ । लिङ्देनले अनुशासन समितिका संयोजकको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेका थिए । साथै, सुवेदीलाई पद यथावत् राख्नुपर्ने माग राखेर विज्ञप्ति निकाल्ने उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पनि हटाएका थिए ।

    प्रवक्ताबाट सगुन लावतीलाई समेत पदमुक्त गरेका थिए । अनुशासन समितिका संयोजकको स्थानमा अर्को व्यक्तिलाई जिम्मेवारी दिएपछि त्यस विरुद्ध २९ असारमा असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेको थियो । अध्यक्ष लिङ्देनको निर्णय बदरको माग राख्दै उनीहरू आयोग पुगेका थिए ।

    असन्तुष्ट पक्षको निवेदनको आधारमा आयोगले राप्रपासँग जानकारी मागेको हो । राप्रपाका कोषाध्यक्ष निलकण्ठ काफ्लेले आयोगले जानकारी माग गरेर पत्र पठाएको जानकारी गराए ।

     



    फास्ट न्युज    
  • २०८२ श्रावण ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट