logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • ४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटाले सकेनन्

    994Shares
    ४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटाले सकेनन्

    पोखरा । देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट तोकिएको समयमै पेस गरेका छन् ।

    गाउँपालिका राष्ट्रिय महासंघ नेपालले उपलब्ध गराएको विवरणअनुसार ४६० मध्ये ४४५ गाउँपालिकाले असार १० गतेको संवैधानिक समयसीमाभित्र बजेट सभामा प्रस्तुत गरेका हुन् । तर, १५ वटा गाउँपालिका भने विभिन्न कारणले समयमा बजेट ल्याउन असफल भएका छन् ।

    नेपालको संविधान र संघीय कानुनले स्थानीय तहलाई असार १० गतेभित्र आफ्नो सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ । महासंघका अनुसार स्थानीय सरकारमा दोस्रो कार्यकालका जनप्रतिनिधिहरूको यो चौथो बजेट हो र समग्रमा सहभागिता उत्साहजनक रहेको छ ।

    यद्यपि, १५ गाउँपालिकामा सभाको अधिवेशन नै सुरु हुन सकेको छैन भने एउटा गाउँपालिकासँग सम्पर्क हुन नसकेको महासंघले जनाएको छ ।

     



    फास्ट न्युज    
  • २०८२ असार ११, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट