logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • मध्यराति बाढीमा फसेका यात्रुको एक्साभेटर प्रयोग गरेर उद्धार

    1KShares
    मध्यराति बाढीमा फसेका यात्रुको एक्साभेटर प्रयोग गरेर उद्धार

    काठमाण्डौ । पूर्वी नवलपरासीको दुम्कीबासमा रहेको विनयी खोलाको बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार भएको छ । ३८ जना यात्रु लिएर काठमाण्डौबाट नेपालगञ्जको लागि छुटेको भे १ ख ४०८५ नम्बरको बस गएराति झन्डै १२ बजेतिर बाढीमा फसेको थियो । बस बाढीमा फस्नेबित्तिकै एक्साभेटरको सहायताले सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार डाइभर्सनबाट बस पार गर्दै गर्दा खोलामा ठूलो बाढी थिएन । बीचमा पुगेपछि बस एक्कासी डाइभर्सनमा फस्यो । बस फस्नेबित्तिकै १४ जना यात्रु आफैं बसबाट निस्किएर खोला पार गरे ।

    बाँकी २४ जना बसको छतमा गएर बसे र उद्धारको लागि प्रहरीसँग अनुरोध गरे । त्यसपछि प्रहरीले तत्कालै एक्साभेटरको मद्दतले यात्रुको सकुशल उद्धार गरेको डीएसपी नेपालले उज्यालोलाई जानकारी दिनुभयो । सबै यात्रुको उद्धार गर्न झन्डै दुई घण्टा लागेको उहाँको भनाइ छ । लगत्तै खोलामा ठूलो बाढी आएर डाइभर्सनसँगै बसलाई पनि बगाएको प्रहरीले जनाएको छ । बाढीले बगाएको बस झण्डै एक किलोमिटर तल फेला परेको छ ।

    विगत केही दिनयता बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पुर्‍याउँदै आएको छ । प्रहरीले नारायणघाट–बुटबल सडक भएर यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । गएको पुसमा ठूलो ट्रकले पुल भाँचिएपछि विनयी खोलामा डाइर्भसनबाट गाडी ओहोरदोहोर हुँदै आएको छ । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ । दुम्कीबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बीच बाटोमै अलपत्र छन् ।

     



    फास्ट न्युज    
  • २०८२ असार ६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट