logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • सदन बस्नुअघि बस्याे विपक्षी दलको बैठक, साझा धारणा बनाउने

    1KShares
    सदन बस्नुअघि बस्याे विपक्षी दलको बैठक, साझा धारणा बनाउने

    काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा बटमलाइन बनाएका विपक्षी दलको बैठक बसेको छ । मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा सुरु बैठकले गृहमन्त्री लेखकको राजीनामा लगायत संसदमा साझा धारणा बनाउने विषयमा छलफल गर्न बैठक बसेको हाे ।

    सोमबार यसबारे छलफल गर्नको लागि दाहालसँग प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि छलफल गरेका थिए । तर, विपक्षी प्रमुख प्रतिपक्षी नेता दाहालले अडान छाडेनन् ।

    हिजो बसेको माओवादी संसदीय दलको बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा माग गर्दै लगातार संसद बैठक अवरोध गर्दै आएका छन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट