logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • सत्तारूढ दलका शीर्ष नेताहरू भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पार्न सहमत

    1KShares
    सत्तारूढ दलका शीर्ष नेताहरू भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पार्न सहमत

    काठमाण्डाै । सत्तारूढ दलका शीर्ष नेताहरू भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पार्न सहमत भएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार बसेको सत्तापक्षको बैठकले भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पारेर विधेयक ल्याउने सहमति गरेको हो ।

    सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका विभिन्न ६ वटा अध्यादेशमध्ये भूमि अध्यादेश संसद्बाट स्वीकृत भएको छैन । सरकारले पुस १४ गते एउटा र गएको पुस २९ गते पाँच वटा अध्यादेश ल्याएको थियो । यीमध्ये पाँच वटा अध्यादेश दुवै सभाबाट स्वीकृत भएर अगाडि बढेको छ । पाँच वटै अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा विचाराधीन छ । तर भूमि अध्यादेश भने दुवै सभाबाट स्वीकृतसमेत हुन सकेको छैन ।

    राष्ट्रियसभामा तीन जना सांसद रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि अध्यादेशमा सहयोग गर्न नसक्ने अडान राखेपछि सरकारले भूमि अध्यादेश सदनमा निर्णयार्थ पेश नै गरेको थिएन ।

    बालुवाटारमा भएको सत्तापक्षको बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी थिए ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट