logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता दोब्बर

    1.1KShares
    नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता दोब्बर

    काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि गरिएको छ । अर्थ मन्त्रालयले प्राधिकरणका कर्मचारीले हाजिर गरेबापत, बिहानको काम गरेबापत, दिउँसोको दोस्रो सिफ्टमा काम गरेबापत र बेलुकीको सिफ्टमा काम गरेबापत पाउने खाजा भत्तामा वृद्धि गर्ने सहमति गरेको हो ।

    अहिलेसम्मको अवस्थामा प्राधिकरणका कर्मचारीले हाजिर गरेबापत प्रतिदिन पचास रुपैयाँ भत्ता पाउने गरेकोमा अब एक सय रुपैयाँ पाउने भएका छन् । बिहानको पहिलो सिफ्टमा काम गर्ने कर्मचारीको ७५ रुपैयाँबाट १२५ रुपैयाँ र दिउँसो दोस्रो सिफ्टमा काम गर्ने कर्मचारीको ५० रुपैयाँबाट एक सय रुपैयाँ बनाउने सहमति अर्थले दिएको छ ।

    त्यस्तै, बेलुकाकाे सिफ्टमा काम गर्ने कर्मचारीको हकमा १२५ रुपैयाँबाट बढाएर १७५ रुपैयाँ कायम गरिएको छ । खाजा भत्ता दर सबै तहका कर्मचारीलाई लागू हुने सहमति प्रदान गरिएको अर्थ मन्त्रालयको सहमति पत्रमा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट