खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय महिला उद्यमीहरुलाई सम्मान गरेको छ।
११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले शनिबार सल्लेकी महिला उद्यमी हिरा श्रेष्ठ र अर्खौलेकी कविता राईलाई सम्मान गरेको हो। उनिहरुलाई जनही २५ हजारसहित सम्मान गरिएको छ ।
कृषि जन्य उत्पादन बाट पनि महिलाहरुले आर्थिक उपार्जन र आत्मनिर्भर हुन सक्छ भन्ने सन्देश हिरा र कविता जस्ता महिला उधमीहरुवाट जान सकोस भन्ने उदेश्यले उनिहरुलाई सम्मान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए । गिरिले भने” उहाहरुले आफ्नो कृषि उत्पादन संगै गाउले कृषकहरुको उत्पादनलाई समेत कृषि मार्टमा ल्याएर बिक्री गर्ने काममा सहजिकरण गरिरहनु भएको छ। यसले उहाहरु संगै अन्य स्थानीय कृषकलाई समेत मद्दत पुगेको छ।”
स्थानीय कृषकहरुको कृषि उत्पादनलाई बजारको समस्या नहोस भनेर केही समय अगाडिबाट नगरपालिकाले कृषि मार्ट निर्माण गरि संचानमा ल्याईरहेको छ।
यस्तै सोही अवसरमा खोटाङमा क्रियाशिल पत्रकार सविना अछामे र राजकुमार भट्टराईलाई नगरपालिकाले पुरस्कृत गरेकोछ।
पत्रकारिताको माध्यमबाट नगरपालिकाको समग्र विकासमा योगदान पुर्याएको भन्दै पत्रकारद्धय अछामे र भट्टराईलाई नगरपालिकाले जनही नगद २५ हजारसहित पुरस्कृत गरेको छ भने नगरपालिकाको लोगो निर्माण गर्ने सन्तोष दाहाललाई पनि नगरले सम्मान गरेको छ। उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधिसभा सदस्य डा. प्रकासशरण महतले पुरस्कार तथा सम्मान पत्र वितरण गरेका थिए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया