logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • टुँडिखेलमा विभिन्न कार्यक्रमका साथ मनाइयो २६२ औँ सेना दिवस

    970Shares
    टुँडिखेलमा विभिन्न कार्यक्रमका साथ मनाइयो २६२ औँ सेना दिवस

    काठमाडौं, फागुन १४ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सव बुधबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

    नेपाली सेनासँगै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति गरिएको थियो । जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

    टुँडिखेलमा आयोजित समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको सहभागिता थियो ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट