logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • काठमाण्डौका विभिन्न ठाउँमा चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने

    895Shares
    काठमाण्डौका विभिन्न ठाउँमा चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने

    काठमाण्डौ । काठमाण्डौका केही ठाउँमा आजदेखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज मङ्गलवार गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

    भोलि बुधवार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, पर्सि बिहीवार शङ्खमुल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । आउने शुक्रवार केएमसी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।

    कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट