logo

२०८२ फाल्गुन २९ शुक्रबार

logo
  • २०८२ फाल्गुन २९ शुक्रबार
  • वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न एमालेको माग

    913Shares
    वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न एमालेको माग

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको निष्पक्ष छानबिन गर्न नेकपा (एमाले) ले माग गरेको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विहीबार एक विज्ञप्ति जारी गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गाली गलौज तथा सांघातिक हमला जस्ता अवैध क्रियाकलापप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    प्रचार विभाग प्रमुख गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ,”जाहेरवालाको तर्फबाट वहस गरेकै आधारमा वहस पैरवीका वुँदाहरुलाई लिएर अराजक समूहवाट वरिष्ठ कानुनविद्माथि भएको यसप्रकारको निन्दनीय कार्यप्रति हाम्रो पार्टी खेद व्यक्त गर्दछ ।”

    नेकपा (एमाले) सदैव विधिको शासन र कानुनी राज, स्वतन्त्र न्यायपालिका र सम्वद्व कानुन व्यावसायीहरुको पेशागत हकहितका पक्षमा दृढ रहेको गौतमले प्रष्ट पारेका छन् । अराजकता र उदण्डताको अन्त्य गर्न र यस्ता अमानवीय घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरि दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न एमालेले सरकारसँग माग गरेको छ ।

    यही माघ २ गते बुधबार काठमाडौं जिल्ला अदालत परिसरवाट वाहिरिने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताहरुले दुर्व्यवहार गरेको आरोप छ । रास्वपाले भने विज्ञप्ति प्रकाशन गरी त्रिपाठीमाथि भएको आक्रमणमा आफ्ना सदस्यको संलग्नता देखिएमा कारबाही गरिने भन्दै बचाउ गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट