logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • पोखरामा रास्वपा समर्थक र सहकारी पिडितको छुट्टाछुट्टै प्रदर्शन

    1KShares
    पोखरामा रास्वपा समर्थक र सहकारी पिडितको छुट्टाछुट्टै प्रदर्शन

    काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पिडित दुवैले प्रदर्शन गरिरहेका छन् ।आफ्ना सभापतिमाथि सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाका नेता कार्यकर्ताहरू प्रदर्शनमा  उत्रेका  छन्  भने रास्वपाको प्रदर्शनले लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस् भनेर खबरदारी गर्न पीडितहरू पनि छुट्टै प्रदर्शन  गरेका हुन् |

    त्यस्तै सहकारी ठगी प्रकरणमा पक्राउ परेका व्यक्तिमाथि निष्पक्ष छानबिन गर्न दिनुपर्ने माग गर्दै सूर्य दर्शन सहकारी पीडितले आज प्रदर्शन गरिरहेका छन् ।

    । पीडितहरुले सहकारीको अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्नुपर्ने बचत रकम फिर्ता गर्नुपर्ने माग राखेको छ । सहकारी पीडितहरुले रास्वपा नेता तथा कार्यकर्ताले पीडितहरुको घर घरमा पुगेर धम्क्याएको आरोप लागाएका छन् ।

    सहकारी पिडितले लगाएको आरोपको रास्वपाले भने खण्डन गरेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपाका कार्यकर्ताले सहकारी पिडितलाई धम्की नदिएको बताएका छन् ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट