logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • पहिरोले अवरुद्ध २९ राजमार्ग खुले, ७ सय ७४ स्थानको पहिरो हटाइयो

    919Shares
    पहिरोले अवरुद्ध २९ राजमार्ग खुले, ७ सय ७४ स्थानको पहिरो हटाइयो

    काठमाडौं ।  ११ र १२ असोजमा आएको अविरल वर्षापछिकाे बाढीपहिराेका कारण भएको क्षतिको पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनमार्फत याे जानकारी दिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–मुग्लिङ सडक र वीपी राजमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन् ।

    यस्तै, मन्त्रालयका सचिव केशव कुमार शर्माले क्षतिको विवरण तथा हालको अवस्थाबारे जानकारी दिदैँ गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गहरुका ८०५ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा ७७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र, उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरेको जानकारी दिएका छन् ।

    अरनिको राजमार्ग, वीपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्ग पूर्णरुपमा बन्द छन्। यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ, फिलिङ टेवा पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात संचालन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ।

    बाढी पहिरोले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको भन्दै मन्त्री देवेन्द्र दाहालले प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको छ।क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उल्लेख गरिएको छ।

     

     



    फास्ट न्युज    
  • २०८१ आश्विन १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट