logo

२०८२ फाल्गुन २ शनिबार

logo
  • २०८२ फाल्गुन २ शनिबार
  • बालेनको पोष्ट फेसबुकले हटाइदियो

    853Shares
    बालेनको पोष्ट फेसबुकले हटाइदियो

    काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले आफै मेयर शाहको पेजको स्टाटस हटाएको बताएको छ।\ मेयर साहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस राखेका थिए। एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए।

    बालेनले सो स्टाटसमा एमालेकी प्रदेश सांसद रेखा शर्माले  नाबालिकालाई घरेलु हिँसा गरेको भन्दै पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न गरेका थिए । तर, सो स्टाटस मंगलबार बिहान गायब भएको थियो ।

    धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि यस्तो भएको हो। मेयर शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटोसहितको स्ट्याटस राखेका थिए। एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए।

    सचिवालयले कम्युनिटी गाइडलाइनभन्दा बाहिर गएको भनेर फेसबुकले हटाएको भन्दै बालेनका स्वकीय सचिव भूपदेव शाहले भनेका छन्- ‘कुन मर्म र हिसाबमा स्टाटस राख्नुभएको हो भनेर फेसबुकले बुझेन, आशावादी छौं, फेसबुकले टेक डाउन गरेको त्यो स्टाटस रिकभर हुनेछ ।’

    मेयर बालेनले उक्त स्ट्याटस माइक्रो ब्लगिङ साइट एक्समा पनि राखेका थिए।



    फास्ट न्युज    
  • २०८१ भाद्र १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट