logo

२०८२ फाल्गुन २६ मंगलवार

logo
  • २०८२ फाल्गुन २६ मंगलवार
  • सार्वजनिक बिदाका दिन आज र भोलि राहदानी विभाग खुला रहने

    811Shares
    सार्वजनिक बिदाका दिन आज र भोलि राहदानी विभाग खुला रहने

    काठमाडौं । सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । विभागले सार्वजनिक सूचना निकालेर आज र भोलि सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको हो ।

    आज ग्याल्पो ल्होसार र भोलि प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । दुई दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहने सूचनामा उल्लेख छ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ ।

    यस्तै भोलि राहदानीका लागि आवेदन फारम सङ्कलन हुनेछ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट