हेटौंडा ।मकवानपुर प्रशासन कार्यालयले हेटौंडाबाट काठमाडौं जाने सवारी साधनलाई शुक्रबारदेखि चार दिनसम्म राति आवतजावत गर्न रोक लगाएको छ।असोज १७ देखि २० गतेसम्म चार दिन अत्याधिक वर्षाको सम्भावना भएकाले मकवानपुर प्रशासनले हेटौँडा भएर काठमाडौँ आउने बाटोमा रातिको समयमा सवारी आवागमनमा रोक लगाएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञानद्वारा मौसमको पूर्वानुमान अनुसार मकवानपुर जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेकाले जनधनको क्षति हुन नदिन हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई राति आवतजावतमा रोक लगाएको बताएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया