logo

२०८३ बैशाख २७ आईतवार

logo
  • २०८३ बैशाख २७ आईतवार
  • नयाँ कृषि नीतिका लागि मन्त्री अधिकारी छलफलमा

    988Shares
    नयाँ कृषि नीतिका लागि मन्त्री अधिकारी छलफलमा

    काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आर्थिक क्षेत्रको सुधारका लागि नयाँ कृषि नीति ल्याउन लागेको जानकारी गराएका छन् ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रीमा नियुक्त भएपछि कृषि क्षेत्रमा के गर्न सकिन्छ भन्ने विषयमा छलफलमा जुटेका  मन्त्री अधिकारीले मंगलबार धादिङ जिल्लामा जन्मिएर राजधानी उपत्यकामा बसोबास गर्दै पत्रकारितामा कलम चलाइरहेका पत्रकारसंग कृषि क्षेत्रको विकासकालागि के गर्न सकिन्छ भन्दै सुझाव मागेका थिए ।

    कृषिमा आधारित नेपालीहरु पछिल्लो समय खाद्यान्नकालागि विदेशीको भर पर्नु पर्ने अवस्थाको अन्त्य नगरेसम्म नेपालको विकास सम्भव नरहेको उनले बताए ।

    कृषिको अनुदान एउटा साधारण कृषकको पहुँच भन्दा बाहिर रहेको छ । मन्त्रालयबाट ठुलो मात्रामा अनुदान लगेर काम नगर्नेहरुको लगत मन्त्रालयले संकलन गरिरहेको र अव छ्ट्टिै त्यस्ताको नाम सार्वजनिक गर्ने पनि जानकारी दिए ।

    सरकारले २० बर्ष अघिको कृषि नीतिमा परिमार्जन गरी नयाँ कृषि नीति बनाउन मन्त्रालयलाई जिम्मेवारी दिएको र मन्त्रालयले पनि नीतिमा के कस्ता कुरा समावेश गर्दा किसानले साहत तथा सहुलियत पाउँछन् भन्ने विषयमा आफू चिन्तित रहेको पनि मन्त्री अधिकारीले बताए ।

    उनले भने,  ‘गैर कृषक साथीहरूले म बाट केही आस नगर्नु होला म किसानको हित हुने भन्दा अरू काम गर्ने छैन । राजनीतिप्रति जनताकोे चरम निराशा छाउँदै  गएको छ हामीले पनि केही गर्न सकेनौ भने अरू कसले गर्ला ।’

    वर्तमान सरकारलाई यो वा त्यो भनेर जनताबाट उम्कने अधिकार छैन । अव पनि हामीले देखिने गरी काम गरेनौ भने जनतामा कति निराशा छाउला त्यसलाई ध्यानमा राखेर आफूले कृषि क्षेत्रको विकासकालागि हरेक तह र तप्काका व्यक्तिसँगको छलफललाई तीव्र बनाएको पनि उनले जानकारी दिए  ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट