logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • टीआरसी विधेयक विरुद्ध सर्वोच्चमा रिट दर्ता

    टीआरसी विधेयक विरुद्ध सर्वोच्चमा रिट दर्ता

    455
    SHARES
    टीआरसी विधेयक विरुद्ध सर्वोच्चमा रिट दर्ता

    काठमाडौं । हालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐन (टीआरसी ऐन) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
    बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पीडकमैत्री भएको भन्दै मंगलबार अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
    मानब अधिकारको उलंघनलाई ‘गम्भीर र सामान्य’ भनेर परिभाषित गरिएको र यसले पीडक उन्मुक्तिको बाटो खुलेको रिट निवेदकको जिकिर छ ।



    ‘मानव अधिकारको गम्भीर उलंघनहरु हत्या, हिंसा, शरीर बन्धक अङ्गभङ्ग आगजनी, गैरकानुनी हत्या र यातना जस्ता अपराधहरु जसलाई जेनेभा कानुनले मानवताविरुद्धको अपराध तथा युद्ध अपराध मानेको छ, त्यसलाई समेत मानब अधिकारको ‘सामान्य उलंघन’ मा राखेर पीडकहरुलाई उन्मुक्ती दिने बाटो खोलिएको छ’ रिट निवेदकले भनेका छन् ।संक्रमणकालीन न्याय कुनै ठट्टाको विषय हुन नसक्ने रिटमा उल्लेख गरिएको छ । बालसेनाको प्रयोग पनि ऐनले अपराध नमानेकोमा समेत रिटमा प्रश्न उठाइएको छ ।
    सर्वाेच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको उक्त रिट उपर भदौ २६ गते सुनुवाइको मिति तोकिएको छ ।


    फास्ट न्युज
  • मंगलबार, १८ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट