logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • प्रधानमन्त्री ओलीले पूरा गर्लान् वाचा ? सरकारको नेतृत्व गरेको २ वर्ष पुग्नुभन्दा एक साताअघि राजीनामा दिने

    817Shares
    प्रधानमन्त्री ओलीले पूरा गर्लान् वाचा ? सरकारको नेतृत्व गरेको २ वर्ष पुग्नुभन्दा एक साताअघि राजीनामा दिने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग भएको सहमतिअनुसार देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै ओलीले आफूले सरकारको नेतृत्व गरेको २ वर्ष पुग्नुभन्दा एक साता अघि राजीनामा दिने बताए ।

    उनले भने, ‘सरकार ढल्छ कि भनेर सोच्न पर्दैन । सरकार सुशासन र विकासका लागि नै बनेको हो । मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा दिन्छु ।’

    उनले आफूले सत्ता हस्तान्तरण गर्छ कि गर्दैन भन्ने दुविधामा रहन नपर्ने बताए । उनले आफूले सत्ता हस्तान्तरण गरेपछि बन्ने कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा चुनावसम्म जाने बताए ।



    फास्ट न्युज    
  • २०८१ श्रावण १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार