काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विशेष अदालतले थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहनुभएका पौडेललाई यो तेस्रो पटकको म्याद थप हो । न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज म्याद थपको आदेश दिएको हो ।
व्यापारी दीपक भट्टसँगको सम्बन्धका आधारमा प्रहरीले असार ८ गते पौडेललाई पक्राउ गरेको थियो । हिमालयन एसेट्स म्यानेजमेन्टमार्फत श्रीराम टोबा उद्योगको २० प्रतिशत शेयर झन्डै ३० करोड रुपैयाँ बराबरको हुँदाहुँदै साढे ३ करोडमै किनबेच भएको र यसमा अर्थमन्त्री हुँदा पौडेलले राजनीतिक प्रभाव प्रयोग गरेको आरोप छ ।
यसैबीच पौडेलकी पत्नी दोमायाले श्रीमानको हिरासतविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको छ । रिटमाथि सुनुवाइ चलिरहेकाे छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया