logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • रास्वपाको बैठक बस्दै, महामन्त्री ढकालबारे निर्णय लिने

    817Shares
    रास्वपाको बैठक बस्दै, महामन्त्री ढकालबारे निर्णय लिने

    काठमाडौं । निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ ।
    पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आजै बिहान बैठक बस्न लागेको हो ।
    बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
    उनले भने, ‘अनुशासन समितिले हिजो प्रतिवेदन बुझाएको छ । त्यसमा छलफल गर्छौं । बैठकमा एजेन्डामा समसामयिक र विविध पनि छ ।’
    रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।



    फास्ट न्युज    
  • २०८१ असार २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार