logo

२०८२ फाल्गुन २९ शुक्रबार

logo
  • २०८२ फाल्गुन २९ शुक्रबार
  • साल्ट ट्रेडिङले बढायो नुनको मूल्य

    916Shares
    साल्ट ट्रेडिङले बढायो नुनको मूल्य

     साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मूल्य बढाएको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको हो। निर्धारण गरिएको थोक बिक्री मूल्य अनुसार आयो नुन प्रतिकिलो २३ रुपैयाँ र न्यू शक्ति नुन प्रतिकिलो १७ रुपैयाँ कायम गरिएको छ।

    उपभोक्ताका लागि आयो नुन प्रति किलो २६ रुपैयाँ, न्यू शक्ति नुन प्रतिकिलो २० रुपैयाँ र भानु नुन ९ रुपैयाँ कायम गरिएको छ। यसअघि आयो नुनको थोक बिक्री मूल्य २० रुपैयाँ थियो।
    निर्धारण गरिएको मूल्य आज राति १२ बजेबाट लागू हुने छ। कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारी नुनको मूल्य समायोजन गरिएको बताए।



    फास्ट न्युज    
  • २०८१ असार १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट