logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • केवलकार आन्दोलनरत समूहलाई फेरि वार्तामा आउन सरकारको अपिल

    952Shares
    केवलकार आन्दोलनरत समूहलाई फेरि वार्तामा आउन सरकारको अपिल

    काठमाण्डौ । ताप्लेजुङको पाथीभरामा आन्दोलनरत समूहलाई सरकारी वार्ता टोलीले फेरि वार्तामा आउन अपिल गरेको छ । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले विज्ञप्ति निकालेर पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्या समाधानका गर्न आन्दोलनरत पक्षलाई फेरि वार्तामा आउन अपिल गर्नुभएको हो ।

    वार्ताको माध्यमबाटै समस्याको शान्तिपूर्ण समाधान गर्ने उद्देश्यले केबलकार निर्माण स्थगित गरिएकाले आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन सरकारको अपिल छ । सरकारी पक्षले यसअघि दुई पटक आन्दोलनरत पक्षलाई वार्तामा बोलाइसकेको छ । एक पटक वार्ता भए पनि सहमति हुन नसक्दा ताप्लेजुङमा झडप बढ्न थालेपछि स्थानीय प्रशासनले प्रदर्शनमा रोक लगाएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट