काठमाडौं । सरकारले भोलि र पर्सी सार्वजनिक बिदा घोषणा गरेकोछ। भारी वर्षा र जोखिमलाई मध्य नजर गर्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपालभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
मौसम पूर्वानुमान महाशाखाले असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति वर्षाको सम्भावना रहेको बताएको छ। भारी वर्षाले सडक र हवाई उडानसमेत प्रभावित बनेपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
उक्त अवधिभर अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न मन्त्रालयले आग्रह गरेको छ। सरकारले काठमाडौं उपत्यकामा आवत जावत गर्ने मुख्य राजमार्ग तीन दिनका लागि बन्द गर्ने निर्णय गरिसकेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया