logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे

    832Shares
    निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे

    काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन् । मंगलबार अपरान्ह ४ बजेर ४० मिनेटमा आउने तालिका भए पनि उनी एक घण्टा अगाडि नै काठमाडौं आइपुगेका हुन् ।

    कतारका राजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् । दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका थानीले आजै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेट गर्नेछन् । उनको सम्मानमा राष्ट्रपति पौडेलले आजै राजकीय भोजको आयोजना गरेका छन् ।

    थानीले प्रधानमन्त्री प्रचण्डसँग पनि भेट्ने सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम पनि छ । थानी बुधबार बेलुका स्वदेश फर्किँदै छन् ।विमानस्थलको अति विशिष्ट कक्षमा २१ तोपको सलामी दिएर थानीलाई स्वागत र सम्मान गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख ११, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार