logo

२०८२ फाल्गुन २९ शुक्रबार

logo
  • २०८२ फाल्गुन २९ शुक्रबार
  • वराह क्षेत्रमा दर्शन गर्न गएका मामा भान्जा नदीमा बेपत्ता

    1.3KShares
    वराह क्षेत्रमा दर्शन गर्न गएका मामा भान्जा नदीमा बेपत्ता

    खोटाङ । वराह क्षेत्रको दर्शन गर्न गएका दुईजना तिर्थालु सप्तकोसीमा बेपत्ता भएको छ। हिजो सोमबार परिवारको साथ बराह क्षेत्रमा पुगेका १६ बर्षिय जेनिस आचार्यलाई नुहाउने क्रममा पानीले बगाएपछि उनका मामा नवराज बास्तोला भान्जालाई बचाउन जादा उनलाई पनि बगाएको आफन्त कुशल आचार्यले बताए।

    उनले भने”जेनिस कोकाह खोला र सप्तकोसीको दोभानमा नुहाउदै थियो। उनलाई बगाएको देखेपछि नवराज मामा उनलाई बचाउन जादा उहाँलाई पनि नदिले बगायो। ” हिजोबाट बेपत्ता भएका दुबैजना अहिले सम्म फेलापर्न सकेका छैनन्।

    स्थानिय र प्रहरीको उद्वार टोली उनिहरुको खोजिमा सोमबारदेखि निरन्तर लागिरहेका छन्। बेपत्ता हुनेहरुमा भान्जा जेनिस आचार्य सुनसरी इटहरीका हुन भने उनको पुर्ख्यौली घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोर्पा रहेको उनको ठुलो बुवाको छोरा कुशल आचार्यले बताए ।

    कुशलका अनुसार भान्जा बचाउने क्रममा बेपत्ता भएको ४० बर्षे नवराज बास्तोला पनि खोटाङ जिल्लाकै केपिलासगढी नगरपालिका निवासी हुन।



    फास्ट न्युज    
  • २०८२ बैशाख ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट