logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • निजामती विधेयकविरूद्ध सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन

    844Shares
    निजामती विधेयकविरूद्ध सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन

    काठमाडौं । सिंहदरबारभित्र नेपाल प्रशासन सेवाका कर्मचारीले सर्वोच्च अदालतको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् । आइतबार प्रशासन सेवाका कर्मचारीहरूले ‘प्रशासन सेवा बचाउ अभियान’ नै बनाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्नासमेत दिएका छन् ।

    त्यस्तै प्रतिस्पर्धाका आधारमा सेवा क्षेत्रमा प्रवेश गरेका र वृत्ति विकासको चरणमा रहेका कर्मचारीहरूको न्यायोचित बढुवामा अवरोध पुर्‍याउनसक्ने भन्दै उनीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

    उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत ३२ असोजमा विविध समूहका कर्मचारीहरू प्रशासन सेवामा समायोजन र स्वतः बढुवा हुने फैसला गरेको छ । यसले विविध सेवामा विभिन्न तहमा रोकिएको वृत्ति विकासको बाटो खुला हुने अवस्था आएको छ ।

    आफ्ना मागका बिषयमा थप दवाव दिनका लागि उनीहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलन अघि बढाउने तयारी समेत गरेका छन्।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट